NIMB Long Banner Ad

शुक्रबारदेखि हरेक घण्टा नदी र विपद्को अवस्था अपडेट गरिने

390
shares

काठमाण्डौ । सम्भावित बाढी, पहिरो र अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले शुक्रबारदेखि तीन दिनसम्म नदीको अवस्था र जोखिमबारे हरेक घण्टा सूचना अपडेट गर्ने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रका नागरिकलाई मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना पठाइनेछ । देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ भने ७७ वटै जिल्लामा प्रतिकार्यको तयारी तीव्र पारिएको छ ।

उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातको सम्भावनाका कारण रेड अलर्ट जारी गरिएको छ । शुक्रबार र शनिबार अत्यावश्यकबाहेक यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रका पर्यटकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राखिएको छ भने बाढी आएका बेला खोलामा गएर भिडियो खिच्न वा दाउरा सङ्कलन गर्न नजान प्राधिकरणले चेतावनी दिएको छ । किसानलाई पाकेको धानबाली र अन्नबाली जोगाउन पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।