भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
वि.सं.२०८३ असोज ७ बुधवार १७:३४
455
shares
shares

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।
न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेनले बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।
गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
उहाँले पानी परिरहेका बेला र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
















