नेपालको सार्वजनिक ऋण ३० खर्बनजिक पुग्यो
वि.सं.२०८३ असोज ७ बुधवार १७:५७
117
shares
shares

काठमाण्डौ । नेपालको कुल सार्वजनिक ऋण भदौ मसान्तसम्ममा २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ नयाँ ऋण लिएको छ भने ७० अर्ब १३ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।
कुल ऋणमध्ये आन्तरिक १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५।०५ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।
















