प्रधानमन्त्री शाहले महासभामा शुक्रबार बिहान सम्बोधन गर्ने
वि.सं.२०८३ असोज ७ बुधवार १८:१६
1.4K
shares
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ७ बजे न्युयोर्क पुग्ने भएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहले न्युयोर्क समयअनुसार बिहीबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली समयअनुसार उनको सम्बोधन शुक्रबार बिहान १२ः४५ बजे हुनेछ ।
शाहको सम्बोधनअघि १६ देशका प्रतिनिधिले बोल्ने कार्यक्रम रहेकाले उनीहरूको सम्बोधन लामो भए प्रधानमन्त्रीको पालो नेपाली समयअनुसार बिहान ५ बजेसम्म पुग्न सक्ने जनाइएको छ ।

















