NIMB Long Banner Ad

‘युद्धका लागि तीव्र आपूर्ति, खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छौँ: प्रधानमन्त्री बालेन

690
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हतियार विश्वका जुनसुकै ठाउँमा तोकिएको समयमा पुर्‍याउन सक्ने विश्वले किसानलाई आवश्यक मल र इन्धनसमेत सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै प्रश्न उठाउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै उहाँले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल तथा गोलाबारुद सहजै सीमापार पुग्ने तर नेपालका किसानले आवश्यक समयमा बजार मूल्यमा मल र इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको बताउनुभयो।

‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ,’ प्रधानमन्त्री शाहले भन्नुभयो।

उहाँले आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने बताउँदै ७२ घण्टामा विश्वको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित गर्ने कुनै बहाना नरहेको धारणा राख्नुभयो।

प्रधानमन्त्री शाहले यसलाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै जलवायु परिवर्तन तथा कमजोर आपूर्ति शृङ्खलाको भार नेपालजस्ता विकासशील देशका नागरिकले बढी खेप्नुपरेको बताउनुभयो।