NIMB Long Banner Ad

निरन्तर वर्षाले भोटेकोशी बाढीपीडितको अस्थायी टहरामा पानी पस्यो

1.81K
shares

काठमाडौँ । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित भई अस्थायी टेन्टमा बस्दै आएका परिवार निरन्तर वर्षाका कारण थप समस्यामा परेका छन् ।

खुला ठाउँमा राखिएका टेन्टमा पानी पस्दा राहतमा पाएको खाद्यान्न, लत्ताकपडा भिज्नुका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या भएको प्रभावितले बताएका छन् ।

रसुवाबाट विस्थापित ३४४ परिवारमध्ये १४२ परिवार नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारोमा अस्थायी टेन्टमा बसिरहेका छन् ।

वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाउने तथा खोज र उद्धारको कामसमेत प्रभावित भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो ।