NIMB Long Banner Ad

सप्तकोशीमा पानीको बहाव बढ्यो

3.19K
shares

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कोशी ब्यारेजमा साँझ ५ः१५ बजे गरिएको मापनअनुसार नदीमा २ लाख ६५ हजार ७९५ क्युसेक पानीको बहाव पुगेको छ । जलसतह निरन्तर बढेपछि अवस्थालाई खतराको तहमा राखिएको छ ।

बढ्दो बहाव व्यवस्थापनका लागि कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । तल्लो तटीय क्षेत्रमा जोखिम बढेकाले नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।