NIMB Long Banner Ad
skip this G & K International Education Consultant long ad banner

२०८३ असोज १० गते (२६ सेप्टेम्बर २०२६) को राशिफल

2.07K
shares

वि.सं. २०८३ असोज १० गते शनिबार (इ.सं. २६ सेप्टेम्बर २०२६)नेपाल संवत्: ११४६ ञलाथ्व पूर्णिमा,रौद्र नाम संवत्सर, दक्षिणायन, शरद ऋतु,सूर्योदय बिहान ०५:५५ बजे, सूर्यास्त साँझ ०५:५६ बजे,भाद्र शुक्लपक्ष पूर्णिमा बेलुकी १०:१९ सम्म,नक्षत्र: पूर्वभाद्रपदा (बिहान ११:३१ सम्म, त्यसपछि उत्तरभाद्रपदा)योग: गण्ड (दिउँसो ०१:१६ सम्म, त्यसपछि वृद्धि)चन्द्र राशि: मीन, चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस

image

मेष: रोकिएका काम बन्नेछन्, नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ। आर्थिक लाभको योग छ। आफन्तले सहयोग गर्नेछन् ।

image

अनावश्यक खर्च बढ्नसक्ने भएकाले सचेत रहनुहोला। वैदेशिक वा यात्रासम्बन्धी काममा प्रगति हुनेछ। अध्ययनमा मन लाग्नेछ । शरीरमा स्फुर्ति बढ्नेछ ।

image

आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। साथीभाइ तथा आफन्तबाट सहयोग मिल्नेछ। छोटो यात्रा लाभदायक हुनेछ ।

image

कर्मक्षेत्रमा मानसम्मान बढ्नेछ। नयाँ कार्ययोजना बनाउन अनुकूल समय छ। रोजगारीबाट फाइदा मिल्नेछ ।अचानक लाभ हुनेछ ।

image

धर्मकर्म र सामाजिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक मिलन हुनेछ । सहयोगले काम बन्नेछ ।

image

स्वास्थ्यमा केही मन्दी आउनसक्छ, खानपानमा ध्यान दिनुहोला। गोप्य कुराहरू सार्वजनिक नगर्नुहोला।

image

व्यापार तथा साझेदारीका काममा राम्रो फाइदा हुनेछ। दाम्पत्य जीवन मधुर रहनेछ। यात्राको संभावना छ । बिपक्षीदेखि सतर्कता अपनाउनु होला ।

image

प्रतिपक्षीहरू परास्त हुनेछन्। पुराना रोग वा समस्याबाट मुक्ति मिल्नेछ, कार्यक्षेत्रमा सफलता। अचानक लाभान्वित भइने दिन छ ।

image

अध्ययन र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। सन्तान वा परिवारका तर्फबाट खुसीको खबर मिल्न सक्छ। मिश्रित फल मिल्नेछ । अतिथि सत्कारमा परिने छ ।

image

घरायसी विषयलाई लिएर केही चिन्ता बढ्नसक्छ। आमा वा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोला। स्व-ब्यबसायबाट लाभ हुनेछ।

image

आत्मबल र पराक्रम बढ्नेछ। छोटो दूरीको यात्रा फलदायी हुनेछ, दाजुभाइबाट सहयोग प्राप्त हुनेछ। मनमा विविध कुरा खेल्नेछ ।

image

बोलीको प्रभाव बढ्नेछ, आर्थिक कारोबारमा लाभ हुनेछ। पारिवारिक माहोल रमाइलो रहनेछ। सपनाहरू बिपनामा बदलिन सक्नेछन् । पारिवारिक मायाले सताउने छ ।

~ज्यो.कलानिधी WhatsApp 9803032959