आजको विदेशी मुद्रा विनिमयदर
वि.सं.२०८३ असोज १० शनिवार ०८:३६
shares

काठमाडौँ, असोज १० गते । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ, पाउन्ड स्ट्रलिङ २०२ रुपैयाँ ६४ पैसा र २०३ रुपैयाँ ४३ पैसा तथा स्वीस फ्र्याङ्क १८४ रुपैयाँ ४६ पैसा र १८५ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ १८ पैसा र १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलर ११९ रुपैयाँ ७३ पैसा र १२० रुपैयाँ २० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ७५ पैसा र ४० रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा तथा मलेसियन रिङ्गेट ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ ।

















