NIMB Long Banner Ad

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना सम्पर्कविहीन

195
shares

पाल्पा। माथागढी गाउँपालिका–३ भैसकट्टामा बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा तीन जना सम्पर्कविहीन भएका छन्।

बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्ती, उहाँकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती सम्पर्कविहीन भएका हुन्।

ठूलो ढिस्कोसहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरिएको र उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो।

घटनालगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएको उहाँले जानकारी दिनुभयो।