NIMB Long Banner Ad

बाढीपहिरो र वर्षाले टेलिकम सेवा प्रभावित

920
shares

काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा विभिन्न स्थानमा प्रभावित भएको छ।

टेलिकमका अनुसार असोज ८ गतेदेखि परेको वर्षाका कारण कतिपय स्थानमा सेवा अवरुद्ध भएको हो। भारी वर्षा र पहिरोले अप्टिकल फाइबरमा क्षति पुग्नुका साथै प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्नसमेत कठिनाइ भएको कम्पनीले जनाएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा सञ्चालनमा समस्या आएको टेलिकमले जनाएको छ।

प्रणालीबाट गर्न सकिने मर्मतसम्भारका काम भइरहेको र सम्भव भएका स्थानमा सेवा पुनः सञ्चालनको प्रयास जारी रहेको कम्पनीले जनाएको छ।

मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने तयारी गरिएको टेलिकमले जनाएको छ। सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।