नारायणी नदी पश्चिम चितवनका बस्तीमा पस्यो
वि.सं.२०८३ असोज ११ आइतवार ११:१५
507
shares
shares

चितवन, असोज ११ गते । नारायणी नदीमा पानीको बहाव बढेपछि पश्चिम चितवनका तीन स्थानमा बाढी बस्तीमा पसेको छ ।
भरतपुर महानगरपालिका–१७ मझुवा, वडा नं. २६ को सिसै र वडा नं. २८ को मेघौलीमा तटबन्ध कटान गरी नदी बस्तीमा पसेको सिँचाइ तथा नारायणी नदी व्यवस्थापन कार्यालयले जनाएको छ ।
बाढीका कारण जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा सुरक्षा व्यवस्थापनको काम भइरहेको छ ।
















