NIMB Long Banner Ad

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

234
shares

गलकोट, असोज ११ गते । बागलुङको निशीखोला गाउँपालिका–३ धारखर्कमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज, ८ वर्षीय मुकेश र ३ वर्षीय निशन विक रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको अवस्थामा पहिरो खसेर पुरिएका थिए । शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।

पहिरोका कारण विद्युत् सेवासमेत अवरुद्ध भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।