NIMB Long Banner Ad

हावाहुरी र वर्षाले तराईमा धानबालीमा क्षति

460
shares

काठमाण्डौ । तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ ।

बाँकेमा गएरातिको हावाहुरीले खेतमा पाकेको धान ढालेको छ भने कपिलवस्तुसहितका जिल्लामा लगातारको वर्षाले धानबाली डुबानमा परेको छ ।

बाँकेमा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ । मौसमविद् रोजन लामिछानेले वर्षा नरोकिँदै धान काट्दा थप क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र काटेर भित्र्याउन सुझाव दिनुभएको छ ।