NIMB Long Banner Ad

कोप–३१ आजदेखि सुरु, जलवायु न्याय र वित्तको मुद्दा उठाउँदै नेपाल

1.59K
shares

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि टर्किएको अन्ताल्यामा सुरु हुँदैछ ।

मङ्सिर ४ गतेसम्म चल्ने सम्मेलनमा नेपालले जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण, हानी तथा नोक्सानी र जलवायु वित्तको मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ ।

सम्मेलनको उद्घाटनका दिन आज नेपालका तर्फबाट जलवायु वित्त विस्तार, हिमालदेखि समुद्रसम्म जलवायु परिवर्तनको प्रभाव र पर्वतीय क्षेत्रको उत्थानशीलतासम्बन्धी तीनवटा कार्यक्रम आयोजना हुँदैछन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ । मन्त्री खनालले आज उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ । त्यस्तै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नोभेम्बर १५ देखि २० सम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।

नेपालले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, हिमताल र हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा त्यसले कृषि, जलविद्युत् र जनजीवनमा पारेको प्रभाव अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जनाएको छ ।

यसपटक नेपालले आफ्नै राष्ट्रिय प्याभिलियन स्थापना गरी ४० भन्दा बढी साइड इभेन्ट आयोजना गर्ने तयारी गरेको छ । सम्मेलनका क्रममा नेपाल र कोरिया सरकारबीच कार्बन व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ ।

सम्मेलन नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुनेछ । नोभेम्बर ११ र १२ मा विश्व नेताहरूको शिखर सम्मेलन हुनेछ भने नोभेम्बर २० मा सम्मेलन समापन हुनेछ ।