हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्दै
वि.सं.२०८३ कात्तिक २३ सोमवार १०:५४
1.24K
shares
shares

काठमाण्डौ – आज देशका केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्र र कोशी, बागमती तथा गण्डकीका हिमाली एकरदुई ठाउँमा वर्षा र हिमपात हुन सक्नेछ ।
भोलि र पर्सि अधिकांश ठाउँको मौसम सफा रहने अनुमान छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
यसैबीच, देशभर चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस मापन भएको छ । हिजो यो तापक्रम १२ डिग्री थियो ।
















