NIMB Long Banner Ad

पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सडकमाथिबाट सुक्खा पहिरो खस्दा सवारी साधनको लामो लाइन

4.6K
shares

कार्तिक २३ काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
सोमबार बिहान ५ बजेको समयमा सडकमाथिबाट सुक्खा पहिरो खसेको र सडकमा खसेको पहिरो हटाउनका लागि पहल भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भएको छ । पहिरो झर्ने क्रम जारी रहदा बाटो खुलाउन कठिन भएको एपीएस टीभि संगको कुराकानीमा प्रजिअ अर्यालले बताउनु भयो । बाटो अबरुद्ध हुँदा लेवाटार देखि नै गाडीको लामो लाइन सुरु भएको छ ।यसअघि आइतबार पनि घोप्टेभीरमा सुक्खा पहिरो गएको थियो । बाटो अबरुद्ध हुदा पर्व मनाउन हिडेका यात्रु अलपत्र अवस्थामा परेका छन् ।