NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २३ गते सोमवार (तदनुसार ९ नोभेम्वर सन् २०२६) को राशिफल

तुला राशिका व्यक्तिहरू न्यायप्रेमी, सन्तुलित विचार भएका र सौन्दर्यलाई मन पराउने स्वभावका हुन्छन्। उनीहरू कुनै पनि निर्णय गर्दा दुवै पक्षको न्यायोचित मूल्याङ्कन गरेर मात्र अगाडि बढ्छन्। तुला राशिहरूको वाक्पटुता, कूटनीतिक शैली र मिलनसार बानीका कारण समाज र कार्यक्षेत्रमा सबैको प्रिय बन्छन्। उनीहरू सहकार्य गरेर काम गर्न रुचाउँछन्। कला, साहित्य, व्यापार, व्यवस्थापन र सञ्चार क्षेत्रमा तुला राशिका व्यक्तिहरूको विशेष रुचि र दख्खल हुन्छ ।

2.6K
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २३ गते सोमवार (तदनुसार ९ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष औसी तिथि विहान ११ः३३ बजे सम्म, स्वाती नक्षत्र विहान ७ः३६ सम्म, छत्र योगा तथा चन्द्रमा तुला राशिमा । आज तिहारको तेस्रो दिन गाईपुुजा । सोमबारे औसी ।
तुला राशिका व्यक्तिहरू न्यायप्रेमी, सन्तुलित विचार भएका र सौन्दर्यलाई मन पराउने स्वभावका हुन्छन्। उनीहरू कुनै पनि निर्णय गर्दा दुवै पक्षको न्यायोचित मूल्याङ्कन गरेर मात्र अगाडि बढ्छन्। तुला राशिहरूको वाक्पटुता, कूटनीतिक शैली र मिलनसार बानीका कारण समाज र कार्यक्षेत्रमा सबैको प्रिय बन्छन्। उनीहरू सहकार्य गरेर काम गर्न रुचाउँछन्।
कला, साहित्य, व्यापार, व्यवस्थापन र सञ्चार क्षेत्रमा तुला राशिका व्यक्तिहरूको विशेष रुचि र दख्खल हुन्छ । जीवनमा सन्तुलन मिलाएर हिँड्ने उनीहरूको विशेषताले कठिनाइहरूलाई पनि सहजै पार गर्न मद्दत गर्छ।

image

नयाँ उत्साह र ऊर्जाको अनुभूति हुनेछ। रोकिएका कामहरूले पुनः गति लिनेछन्। दाम्पत्य जीवनमा प्रगाढता आउनेछ भने व्यापार-व्यवसायमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा विशेष सुधार आउनेछ।

image

शत्रुहरू परास्त हुनेछन् र अदालती वा कानुनी कार्यमा सफलता मिल्नेछ। पुराना ऋण वा आर्थिक समस्याबाट मुक्ति पाउने अनुकूल समय छ। खानपानमा भने विशेष सावधानी अपनाउनुहोला।

image

विद्यार्थीहरूको बौद्धिक क्षमता र पठनपाठनमा रुचि बढ्नेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ र रचनात्मक कार्यमा सफलता मिल्नेछ।

image

आर्थिक पक्ष सुदृढ बन्नेछ। रोकिएका पुराना कामहरू सुचारू हुनेछन्। पारिवारिक जमघटमा सरिक हुने अवसर जुर्नुका साथै स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। बोलीको प्रभाव बढ्नेछ।

image

शरीरमा ऊर्जा र उत्साह भरिनेछ। मान-सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ। आफ्नै निर्णय क्षमताका कारण कार्यक्षेत्रमा सफलता हात लाग्नेछ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

image

वैदेशिक क्षेत्र वा लामो दूरीको यात्रासँग सम्बन्धित काममा केही ढिलाइ हुन सक्छ। खर्च बढ्ने योग रहेकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। स्वास्थ्य प्रति सचेत रहनु उपयुक्त हुन्छ।

image

आयस्रोतमा वृद्धि हुनुका साथै विभिन्न माध्यमबाट धन लाभ हुनेछ। साथीभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग प्राप्त हुनेछ। रोकिएका योजनाहरूलाई फेरि अगाडि बढाउने अवसर जुर्नेछ।

image

कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिको प्रशंसा र साथ पाइनेछ। नयाँ जिम्मेवारी वा पदोन्नति हुने सम्भावना छ। सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ।

image

भाग्यले साथ दिनेछ। धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूको पढाइलेखाइमा प्रगति हुनेछ। रोकिएका सामाजिक कामहरूले पूर्णता पाउनेछन्।

image

स्वास्थ्यमा केही प्रतिकूलता देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। आकस्मिक समस्या आउन सक्ने हुँदा कुनै पनि निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ। धैर्यताले काम लिनुहोला।

image

दाम्पत्य जीवन सुमधुर र रमाइलो बन्नेछ। व्यावसायिक साझेदारीबाट राम्रो लाभ मिल्नेछ। सार्वजनिक सभा-समारोह वा मनोरञ्जनात्मक कार्यक्रममा सरिक हुने अवसर जुर्नेछ।

image

प्रतिस्पर्धीहरू परास्त हुनेछन्। पुराना रोग वा स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ। रोकिएका कामहरू बन्नाले मनमा सन्तोष छाइरहनेछ। कानुनी वा अदालतसम्बन्धी मामिलामा सफलता मिल्नेछ।

~ज्यो. कलानिधी WhatsApp 9803032959