एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा भिड्दै
वि.सं.२०८३ कात्तिक २३ सोमवार १२:०३
1.06K
shares
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
अंकतालिकामा ७ अंकसहित लुम्बिनी लायन्स शीर्ष स्थानमा छ । समान ६ अंक भएका काठमाण्डौ गोर्खाज दोस्रो र सुदूरपश्चिम रोयल्स तेस्रो स्थानमा छन् । चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा छ ।
त्यस्तै, जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्सको समान ४ अंक छ भने पोखरा एभेन्जर्स अंकविहीन हुँदै पुछारमा रहेको छ ।
भाइटीकाका दिन बुधबार एनपीएलका खेल हुने छैनन् । बिहीबार विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनीबीच खेल हुनेछ ।

















