सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा १३ सय रुपैयाँ महँगियो
वि.सं.२०८३ कात्तिक २३ सोमवार १२:१०
1.59K
shares
shares

काठमाण्डौ – नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ २ लाख ८३ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि बढेर प्रतितोला ३ हजार ८५५ रुपैयाँ पुगेको छ । हिजो चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
















