NIMB Long Banner Ad

पटाका पड्काउँदा घाइते भएका आठ वर्षीय बालकको मृत्यु

1.33K
shares

काठमाण्डौ – पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ ।

सोमबार बिहान घरअगाडि पटाका पड्काउने क्रममा छातीमा छर्रा लागेर रामगुलाम सहनीका छोरा कुन्दन सहनी गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार बालकको छातीमा छर्रा लागेर जलेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।