NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २४ गते मंगलवार (तदनुसार १० नोभेम्वर सन् २०२६) को राशिफल

विशाखा नक्षत्रमा जन्मिएका मानिसहरूमा धेरै महत्वाकांक्षी, ठूलो सपना देख्ने मेहनती, हार नमान्ने बोल्न सिपालु, अरुलाई आफ्नो कुरामा सहमत गराउन सक्ने धर्म, पूजा, परम्परामा विश्वास गर्ने पैसा कमाउन जान्नेलगायतका श्वभाव हुने गर्दछ। यी नक्षत्रका कमजोर पक्ष भनेको अलि रिसाहा, जिद्दी आफूले भनेको कुरा नै सही भन्ने हुन्छ । कहिलेकाहीँ अरुको कुरा काट्ने बानी र अलि लोभ बढी हुने देखिन्छ।व्यापार, राजनीति, कानुन, शिक्षक, बैंक, प्रशासन, ठेक्कापट्टा, रियलस्टेटमा धेरै राम्रो हुन्छ। नेतृत्व गर्ने काममा सफल हुन्छन्। यो नक्षत्रमा जन्मने साधकमा स्वास्थ्यपेट, ग्यास्ट्रिक, टाउको दुख्ने, उच्च रक्तचापको समस्या हुन सक्छ। खानपिनमा ध्यान दिनु आवश्यक देखिन्छ ।

4.19K
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २४ गते मंगलवार (तदनुसार १० नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि विहान १२:४१ बजे सम्म, बिशाखा नक्षत्र विहान ७ः३६ सम्म, श्रीवत्स योगा तथा चन्द्रमा बृस्चिक राशिमा । आज गोरु तिहार । गोबर्धन पुजा,म्हपुजा। नेपाल संवत् ११४७ प्रारम्भ।
विशाखा नक्षत्र १६ औं नक्षत्र हो। विशाखा नक्षत्रमा जन्मिएका मानिसहरूमा धेरै महत्वाकांक्षी, ठूलो सपना देख्ने मेहनती, हार नमान्ने बोल्न सिपालु, अरुलाई आफ्नो कुरामा सहमत गराउन सक्ने धर्म, पूजा, परम्परामा विश्वास गर्ने पैसा कमाउन जान्नेलगायतका श्वभाव हुने गर्दछ। यी नक्षत्रका कमजोर पक्ष भनेको अलि रिसाहा, जिद्दी आफूले भनेको कुरा नै सही भन्ने हुन्छ । कहिलेकाहीँ अरुको कुरा काट्ने बानी र अलि लोभ बढी हुने देखिन्छ।व्यापार, राजनीति, कानुन, शिक्षक, बैंक, प्रशासन, ठेक्कापट्टा, रियलस्टेटमा धेरै राम्रो हुन्छ। नेतृत्व गर्ने काममा सफल हुन्छन्। यो नक्षत्रमा जन्मने साधकमा स्वास्थ्यपेट, ग्यास्ट्रिक, टाउको दुख्ने, उच्च रक्तचापको समस्या हुन सक्छ। खानपिनमा ध्यान दिनु आवश्यक देखिन्छ । अर्कोतिर श्रीमान् / श्रीमतीप्रति धेरै माया गर्ने तर आफ्नो कुरा माथि राख्न खोज्ने भएकाले कहिलेकाहीँ ठाकठुक पर्ने देखिन्छ ।

image

कार्यक्षेत्रमा व्यस्तता रहनेछ। वाणीमा विनम्रता राख्नुस्, नत्र व्यर्थ विवाद बढ्न सक्छ। वाहन चलाउँदा सावधानी आवश्यक छ।

image

साझेदारीका काममा प्रगति हुनेछ। दाम्पत्य जीवनमा समझदारीले निर्णय लिनुस्। पुराना रोकिएका कामले गति लिनेछन्।

image

सञ्चारले आज मुख्य भूमिका खेल्नेछ। नयाँ अवसर वा सहयोगी व्यक्ति भेटिन सक्छ। तर नबुझी वाचा नगर्नुस्।

image

भावनात्मक सन्तुलनमा ध्यान दिनुस्। परिवारको साथले मन हलुका हुनेछ। काममा प्राथमिकता छुट्याएर अघि बढ्नुस्।

image

आत्मविश्वास र दृढताले तपाईंलाई अगाडि ल्याउनेछ। जिम्मेवारीको काममा प्रशंसा मिल्नेछ। अरुको कुरा सुन्नुस्।

image

आफ्नो योजना गुप्त राख्नु नै राम्रो। नियमित काममा सामान्य फाइदा हुनेछ। साथीको सहयोगले काम पूरा हुनेछ।

image

रोकिएका अधुरा काम पूरा हुनेछन्। आफ्नै पराक्रमले धन प्राप्त गर्ने योग छ। रंगरमाइलोमा समय बित्नेछ।

image

मनमा ऊर्जा र उत्साह रहनेछ। महत्वपूर्ण निर्णयमा दूरदर्शिता देखाउनुस्। खानपानमा सन्तुलन र क्रोधमा नियन्त्रण राख्नुस्।

image

आफ्नो विषयमा पकड बलियो हुनेछ। आँटेका काम सहजै सम्पन्न हुनेछन्। वैदेशिक क्षेत्र फलदायी देखिन्छ।

image

विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ। सोचे अनुसार नै काम अघि बढ्नेछन्।

image

यात्राको अवसर प्राप्त हुनेछ। प्रेममा मतभेद बढ्न सक्छ। वैदेशिक, प्राविधिक कामबाट लाभ मिल्नेछ।

image

जप, तप, साधनामा वृद्धि हुनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुस्। आत्मीयजनसँगको भेटले मन प्रसन्न हुनेछ।

~ज्यो. कलानिधी WhatsApp 9803032959