NIMB Long Banner Ad

प्रधानमन्त्री शाहद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

3.06K
shares

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देश जारी गर्दै उहाँले मौलिक चाडपर्वले रिसराग भुलेर सामाजिक एकता, सद्भाव र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले जनतालाई ऋणमुक्त बनाएर सुरु गर्नुभएको नेपाल संवत् नेपालको मौलिक पहिचान र समयचक्र भएको उहाँले उल्लेख गर्नुभएको छ।

त्यस्तै, म्हः पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउने तथा नेवार समुदायको संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने उहाँको भनाइ छ।

गोवर्धन पूजा तथा हली तिहारले कृषि कर्म र कृषकको योगदानलाई सम्मान गर्ने उल्लेख गर्दै उहाँले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ।