राष्ट्रपति पौडेलद्वारा नेपाल संवत् ११४७ को शुभकामना
वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०८:३६
2.39K
shares
shares

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ।
नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शङ्खधर साख्वाले किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी नयाँ युगको सुरुवात गरेको स्मरण गर्नुभएको छ।
राष्ट्रपति पौडेलले नेपाल संवत्ले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता बलियो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
यसले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उहाँले सामाजिक समानता, सुशासन र समृद्धिका लागि प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिल्ने बताउनुभएको छ।
















