विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ पाँचौँ स्थानमा
वि.सं.२०८३ मंसिर २ बुधवार ०९:५३
1.43K
shares
shares

काठमाण्डौ – काठमाण्डौ आज बिहान विश्वका प्रदूषित शहरहरूको सूचीमा पाँचौँ स्थानमा परेको छ।
अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था आईक्यू एयरका अनुसार बिहान साढे ८ बजे काठमाण्डौको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ। यो स्तरको वायु स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ।
सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो, बङ्गलादेशको ढाका २०८ सहित दोस्रो र भारतको कोलकाता १९९ सहित तेस्रो स्थानमा छन्।
प्रदूषण बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासका समस्या भएका व्यक्तिलाई विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्। जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनीले घरबाहिर निस्कँदा मास्क लगाउन आग्रह गर्नुभएको छ।
















