स्थानीय तह निर्वाचनको तयारीका लागि एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
वि.सं.२०८३ मंसिर २ बुधवार १०:१९
575
shares
shares

काठमाडौँ – स्थानीय तहको निर्वाचनको तयारीका लागि नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
भेलामा सहभागी हुन केन्द्रीय कमिटी, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।
















