NIMB Long Banner Ad

पर्वतीय जलवायु कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न नेपालको प्रस्ताव

713
shares

काठमाण्डौ – नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ।

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्न नेपालले कार्यक्रमको समयसीमा, कार्यक्षेत्र, कार्यान्वयन विधि तथा जलवायु वित्त र अनुकूलनका सूचक स्पष्ट पार्न प्रस्ताव गर्ने भएको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार प्रस्तावित कार्यक्रमले पर्वतीय क्षेत्रको वैज्ञानिक अध्ययन, अनुकूलन, उत्थानशीलता निर्माण र प्रभावित समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

कोप–३१ को निर्णय मस्यौदामा पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने र यसबारे संवादलाई निरन्तरता दिने प्रस्ताव समेटिएको छ। तर नेपाल र भूटानले अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका विषय भने मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन् ।