पूर्वाधार मन्त्रालयले हटायो सात जना इन्जिनियर
वि.सं.२०८३ मंसिर २ बुधवार ११:२३
1.33K
shares
shares

काठमाण्डौ – पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।
मन्त्रालयअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्राङ्कित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो।
मन्त्रालयका अनुसार पदमेन्द्रप्रसाद श्रेष्ठ बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको र अन्य छ जना कार्यालयमा हाजिर नभएका कारण सेवाबाट हटाइएको हो।
मन्त्रालयले सातै जनालाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ।
















