सुनको भाउ एकैदिन ६ हजार ३ सय रुपैयाँले घट्यो
वि.सं.२०८३ मंसिर २ बुधवार ११:५०
690
shares
shares

काठमाण्डौ – सुनचाँदीको भाउ घट्नेक्रमले आज पनि निरन्तरता पाएको छ । आज सुनको भाउ तोलामा ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ ।
हिजो पनि सुन तोलामा १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको थियो ।
















