NIMB Long Banner Ad

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

897
shares

काठमाण्डौ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ ।

कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ । यसअघि कात्तिक ३० गतेका लागि तोकिएको पेसी सार्वजनिक बिदाका कारण सरेको थियो ।

सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । त्यसपछि डा। मनोज केसीलाई आईजीपी नियुक्त गरिएको थियो ।

सरकारको निर्णय गैरकानुनी भएको भन्दै कार्कीले पुनः पदमा बहालीको मागसहित रिट दायर गर्नुभएको हो ।