काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
वि.सं.२०८३ मंसिर २ बुधवार १२:५४
1.66K
shares
shares

काठमाडौं – पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि काम गर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेत्री श्रेष्ठले यसअघि शिक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । उहाँले आगामी निर्वाचनमा कुन दलबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्नेबारे भने खुलाउनुभएको छैन ।
















