विपद् प्रभावितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा
वि.सं.२०८३ मंसिर २ बुधवार १५:३५
1.01K
shares
shares

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सरकारले सञ्चालन गरेका राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ रहेको छ । यस्तै, हिमालयन र लक्ष्मी सनराइज बैंकका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ डलर मौज्दात रहेको छ ।
















