भारतीय राजदूत र प्रधानमन्त्री शाहबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल
वि.सं.२०८३ मंसिर २ बुधवार १५:५९
2.02K
shares
shares

काठमाण्डौ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धबारे छलफल भएको छ ।
भेटमा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण हुने बताउनुभयो ।
भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
















