NIMB Long Banner Ad

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

3.15K
shares

काठमाण्डौ – निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।

सुनुवाइका क्रममा कार्कीका कानून व्यवसायीले बिना स्पष्टीकरण पदबाट हटाउनु गैरकानुनी भएको जिकिर गर्दै पुनर्बहालीको माग गरेका थिए ।

तर सर्वोच्चले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीहरूलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।