श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ३ गते विहीबार (तदनुसार १९ नोभेम्वर सन् २०२६)
पूर्वभाद्रपदा नक्षत्रमा जन्मिएका व्यक्तिहरू स्वतन्त्रताप्रिय, दार्शनिक सोच भएका, परोपकारी, र गहिरो अध्ययनमा रुचि राख्ने प्रकृतिका हुन्छन्। उनीहरूको विचार निकै फराकिलो र तार्किक हुन्छन् । गुरु र देवताहरूको प्रभावका कारण यी व्यक्तिहरूलाई अध्यात्म, दर्शन, शिक्षा, चिकित्सा क्षेत्र, तथा अनुसन्धानमूलक कार्यमा विशेष रुचि हुने गर्दछ ।
वि.सं.२०८३ मंसिर ३ बिहीवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ३ गते विहीबार (तदनुसार १९ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष दशमी तिथि २६-३४ बजे सम्म,पुर्वभाद्रपदा नक्षत्र राति २७-३२ बजे सम्म,मुद्गर योगा तथा चन्द्रमा कुम्भ राशिमा राति २१ः२२ बजे सम्म ।
पूर्वभाद्रपदा नक्षत्रमा जन्मिएका व्यक्तिहरू स्वतन्त्रताप्रिय, दार्शनिक सोच भएका, परोपकारी, र गहिरो अध्ययनमा रुचि राख्ने प्रकृतिका हुन्छन्। उनीहरूको विचार निकै फराकिलो र तार्किक हुन्छन् । गुरु र देवताहरूको प्रभावका कारण यी व्यक्तिहरूलाई अध्यात्म, दर्शन, शिक्षा, चिकित्सा क्षेत्र, तथा अनुसन्धानमूलक कार्यमा विशेष रुचि हुने गर्दछ ।
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएका काम बन्ने र मित्रजनबाट सहयोग मिल्ने योग छ।
कार्यक्षेत्रमा मान-सम्मान र पदोन्नतिको सम्भावना छ। सामाजिक तथा व्यावसायिक काममा सफलता मिल्नेछ।
भाग्यले साथ दिनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ भने लामो दूरीको यात्रा लाभदायी रहनेछ।
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। आर्थिक कारोबार गर्दा सतर्कता अपनाउनु उचित हुनेछ।
साझेदारी व्यवसायमा फाइदा पुग्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ र रमाइलो यात्राको अवसर जुट्नेछ।
प्रतिस्पर्धीहरूलाई पछि पार्दै अघि बढ्न सकिनेछ। शत्रु परास्त हुनेछन् र पुराना समस्या समाधान हुनेछन्।
अध्ययन, लेखन तथा कला क्षेत्रमा तपाईंको प्रखरता देखिनेछ। सन्तान पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। बौद्धिक तथा सिर्जनात्मक कार्यबाट मान-सम्मान प्राप्त हुनेछ।
घरायसी वातावरणमा केही सामान्य तनाव उत्पन्न हुन सक्छ। सम्पत्ति वा सवारी साधनको जोहो गर्दा कागजातहरू राम्ररी अध्ययन गर्नुहोला। आमाको स्वास्थ्यप्रति सजग रहनुहोला।
पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो तथा रमाइलो यात्राको योग रहेको छ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध सुमधुर बन्नेछ र सामाजिक कार्यमा ख्याति कमाइनेछ।
आफ्नो बोलीको प्रभावले रोकिएका कामहरू सम्पन्न हुनेछन्। आर्थिक स्थितिमा सुधार आउनेछ भने पारिवारिक सुखसुविधामा वृद्धि हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
आत्मविश्वास र उत्साह उच्च रहनेछ। नयाँ कार्यको थालनी गर्नका लागि दिन अनुकूल छ। मान-सम्मान तथा प्रतिष्ठा प्राप्त हुनेछ। रोकिएका कामहरूले पूर्णता पाउनेछन्।
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक मामिलामा नियन्त्रण राख्नुहोला। टाढाको यात्रा वा वैदेशिक कामकाजमा केही ढिलासुस्ती हुन सक्छ। दानपुण्य तथा परोपकारका कार्यमा मन जानेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959























