NIMB Long Banner Ad

भीमफेदीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ७ घाइते

736
shares

काठमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौका लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजे सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गएको कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।