NIMB Long Banner Ad

द्रुतमार्गको ५१ प्रतिशत काम सम्पन्न, महादेवटार सुरुङ छिचोलियो

690
shares

काठमाण्डौ – राष्ट्रिय गौरवको काठमाण्डौ–तराई मधेश द्रुतमार्गको निर्माण कार्य ५१ प्रतिशत सम्पन्न भएको छ ।

मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको द्रुतमार्गअन्तर्गत ३ हजार ४५४ मिटर लामो महादेवटार सुरुङ दुवैतर्फबाट खनेर जोडिएको छ ।

नेपाली सेनाका अनुसार द्रुतमार्गका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका ६ वटा सुरुङ खन्ने काम सकिएको छ भने आठवटा सुरुङ निर्माणाधीन छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणमा ढिलाइ गर्ने ठेकेदारको ठेक्का रद्द गर्ने चेतावनी दिँदै आउँदो जेठसम्म ठोस प्रगति देखाउन निर्देशन दिनुभएको छ । उता खोकना–डुकुछाप खण्डको जग्गा अधिग्रहण समस्या समाधानका लागि पहल भइरहेको आयोजनाले जनाएको छ ।