सुन तोलामा ३ हजार ३ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो
वि.सं.२०८३ मंसिर ३ बिहीवार ११:५३
552
shares
shares

काठमाण्डौ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ३ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
















