NIMB Long Banner Ad

लमहीमा तीर्थयात्री बोकेको बस दुर्घटना, १४ जना घाइते

828
shares

काठमाण्डौ – दाङको लमहीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३२३० नम्बरको बस बुधबार बिहान साढे ८ बजे लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो ।

बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए । दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बाँके र बर्दियाका यात्रु रहेका छन् । अन्य ३७ यात्रुको अवस्था सामान्य रहेको र चालक, सहचालक तथा बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।