चार महिनामा १ लाख १२ हजार पर्यटक मुस्ताङ पुगे
वि.सं.२०८३ मंसिर ३ बिहीवार १२:५५
782
shares
shares

काठमाण्डौ – चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा मुस्ताङमा १ लाख १२ हजार ४८ जना पर्यटक पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिकसम्म मुस्ताङ पुग्ने पर्यटकमध्ये ५७ हजार ८३१ जना नेपाली र ५४ हजार २१७ जना विदेशी रहेका छन् । नेपाली पर्यटक विदेशीभन्दा ३ हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी छन् ।
महिनागत रूपमा साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ पर्यटक मुस्ताङ पुगेका छन् । दशैँ, तिहार र छठको लामो बिदाका कारण कात्तिकमा पर्यटक आगमन बढेको प्रहरीले जनाएको छ ।
असोजमा ठूलो वर्षाले बेनी–जोमसोम सडक दुई हप्ताभन्दा बढी अवरुद्ध हुँदा पर्यटक आगमन प्रभावित भएको थियो । गत आर्थिक वर्ष २०८२र८३ मा मुस्ताङमा ७ लाख ७७ हजार ७३७ पर्यटक पुगेका थिए ।
















