बागलुङमा बाढीपहिरोमा परी हालसम्म १२ जनाको मृत्यु, एक बेपत्ता
वि.सं.२०८३ असोज १३ मंगलवार ०८:३३
481
shares
shares

बागलुङ । बागलुङमा बाढीपहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो । एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिनुभयो ।
यसअघि शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

















