२०८३ असोज १३ गते मङ्गलबार तदनुसार २९ सेप्टेम्बर सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज १३ मंगलवार ०६:०३
shares

वि.सं. २०८३ असोज १३ गते मङ्गलबार तदनुसार २९ सेप्टेम्बर सन् २०२६,सूर्योदयः बिहान ०५ः५६ । सूर्यास्तः बेलुका १७ः५१ ,आश्विन कृष्णपक्ष तृतीया तिथि (१८ः३६ सम्म, तत्पश्चात् चतुर्थी) । नक्षत्रः अश्विनी (११ः२० सम्म, तत्पश्चात् भरणी) चन्द्रराशिः मेष ।
प्रेम सम्बन्धको क्षेत्रमा नयाँ सम्भावनाहरू उद्घाटित हुनेछन्। अप्रत्याशित प्रस्ताव वा सम्बन्धमा सकारात्मक परिवर्तन आउनेछ। मित्रवर्गको साथले मनोबल उच्च रहनेछ भने वाणीको प्रभावले सम्बन्ध विस्तारमा सहयोग मिल्नेछ।
प्रेम सम्बन्धको क्षेत्रमा नयाँ सम्भावनाहरू उद्घाटित हुनेछन्। अप्रत्याशित प्रस्ताव वा सम्बन्धमा सकारात्मक परिवर्तन आउनेछ। मित्रवर्गको साथले मनोबल उच्च रहनेछ भने वाणीको प्रभावले सम्बन्ध विस्तारमा सहयोग मिल्नेछ।
वैदेशिक क्षेत्रसँग सम्बन्धित काम तथा लगानीबाट सकारात्मक परिणाम मिल्नेछ। शैक्षिक अवसरहरू अनुकूल रहनेछन्। स्वास्थ्यप्रति सजग रहन र खानपानमा ध्यान दिन आवश्यक छ।
आर्थिक कारोबारमा सजगता अपनाउनुहोला, ठगी वा भ्रममा पर्ने जोखिम रहन सक्छ। राजनीति र सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ र मान–प्रतिष्ठा आर्जन हुनेछ। मित्र मिलन हुनेछ ।
शिक्षा र अध्ययनका क्षेत्रमा प्रगति हुनुका साथै वैदेशिक अवसरहरू अनुकूल रहनेछन्। आत्मविश्वास र नेतृत्व क्षमताले सफलता दिलाउनेछ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ। सतर्क रहनु पर्ने दिन छ ।
अध्ययन र ज्ञानार्जनले व्यक्तित्व विकासमा योगदान पु¥याउनेछ। व्यवसायमा सन्तोषजनक लाभ मिल्नेछ। प्रेम सम्बन्धमा सानातिना असमझदारी देखिन सक्ने भएकाले भावनात्मक निर्णयमा संयम रहनुहोला।
बौद्धिक क्रियाकलापप्रति रुचि बढ्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण बन्न सक्छ, त्यसैले विचार अभिव्यक्त गर्दा संयम र सन्तुलन कायम राख्नुहोला। यात्रामा परिने छ ।
कार्यसम्पादन गर्दा अरूको प्रभावमा नपरी आफ्नै निर्णय क्षमतामा विश्वास राख्नुहोला। व्यापार र वैदेशिक सम्पर्कबाट लाभ मिल्नेछ। आफन्तको सहयोग.मिल्नेछ । प्रेम प्रस्ताव आउन सक्छ ।
आजको दिन संयमता र धैर्य अपनाउनु उपयुक्त हुनेछ। हतारमा गरिएका निर्णयले बाधा पु¥याउन सक्छन्। विवाद तथा अनावश्यक बहसबाट टाढा रहनु हितकर हुनेछ। हतारले काम विग्रन सक्छ ।
व्यवसाय, लगानी तथा सम्पत्ति सम्बन्धी काममा राम्रो सफलता मिल्नेछ। दीर्घकालीन लगानीबाट लाभ हुनेछ र आर्थिक स्थिति सुदृढ बन्दै जानेछ। छोटो तर लाभदायि यात्रामा परिने छ ।
पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। आफन्तहरूसँग राम्रो समय बित्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नुका साथै सामाजिक सम्बन्ध विस्तार हुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ ।
महत्वपूर्ण निर्णय लिनुअघि राम्रोसँग विचार गर्नुहोला। विवाद वा प्रतिस्पर्धात्मक स्थितिमा संयम, धैर्य र विवेकपूर्ण सोचले परिस्थिति नियन्त्रणमा रहनेछ। मनमा एक प्रकारको आनन्दको अनुभूति हुनेछ ।
~ज्यो कलानिधी WhatsApp 9803032959
























