NIMB Long Banner Ad

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

104
shares

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज बिहान स्वदेश फर्कनुभएको छ ।

भ्रमणका क्रममा उहाँले नेपालको तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय जलवायु कार्यक्रम आयोजना गर्नुभएको थियो ।

यस्तै, विभिन्न देशका समकक्षीसँग भेटवार्ता गर्दै आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुभएको थियो ।

महासभा तथा त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल गएको असोज ४ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो ।