NIMB Long Banner Ad

असोज १४, २०८३ (तदनुसार ३० सेप्टेम्बर, २०२६, बुधबार) को राशिफल

1.44K
shares

२०८३ असोज १४ गते तदनुसार ३० सेप्टेम्बर, सन् २०२६,असोज कृष्ण चतुर्थी तिथिः (चतुर्थी श्राद्ध) पक्षः पितृ पक्ष (सोह्र श्राद्ध) नक्षत्रः भरणी,चन्द्र राशिः मेष राशिमा,सूर्योदयः बिहान ०५ः५६,सूर्यास्तः साँझ ०५ः५३ मा रहनेछ । आज चतुर्थी तिथिका स्वामी विघ्नहर्ता भगवान श्री गणेश हुन्। विघ्नबाधाहरू हटाउन र बुद्धिको विकासका लागि आज गणेश उपासना अनुकूल मानिन्छ।

image

कुनै सभा–बैठकमा सहभागिता जनाउने अवसर मिल्नेछ। तपाईंको विचारको कदर हुनेछ र दिन समग्रमा अनुकूल रहनेछ।

image

पारिवारिक वातावरण सुमधुर रहनेछ। आकस्मिक आर्थिक वा भौतिक लाभ हुनसक्छ।  मनमा आनन्दको अनुभूति हुनेछ । अध्ययनमा मन लाग्नेछ ।

image

समसामयिक विषयमा महत्त्वपूर्ण छलफल होला। लगनशीलताका साथ आफ्ना रोकिएका काम सम्पादन गर्न सकिनेछ।  

image

सामाजिक वा पदीय कार्यभार सम्हाल्नुपर्ने योग छ। परोपकारी कार्यमा संलग्न हुँदा आत्मसन्तोष र आकस्मिक लाभ मिल्नेछ।  

image

आत्मीय जनहरूसँग भेटघाट भई मन प्रफुल्लित हुनेछ। घरपरिवारमा सुख–शान्ति र हौसला बढ्नेछ। छोटो यात्रामा परिने छ ।

image

मनमा केही दोधार वा द्विविधा उत्पन्न हुन सक्छ। पारिवारिक विषयलाई प्राथमिकता दिँदै सकारात्मक सोच राखेमा काम सहज हुनेछ।

image

आगामी योजनाहरूबारे विचार–विमर्श हुनेछ। समसामयिक परिस्थिति विचार गरी निर्णय लिनु बुद्धिमानी हुनेछ।

image

यात्रा वा घुमफिरको प्रबन्ध मिल्न सक्छ। नयाँ योजना बन्नेछ र मनपर्ने भोजनको अवसर प्राप्त हुनेछ।  मिष्ठान्न भोजन मिल्नेछ ।

image

मनमा उत्साह जाग्नाले जटिल काम पनि सजिलै सम्पादन हुनेछन्। आर्थिक कारोबारमा संलग्न हुने अवसर मिल्नेछ। धन लाभको योग छ ।

image

मानसिक अस्वस्थता वा सानातिना समस्याले सताउन सक्छ। अत्यावश्यक काममा मात्र ध्यान केन्द्रित गर्दा लाभ हुनेछ।

image

नयाँ काम वा भावी कार्यदिशाबारे चिन्तन हुनेछ। सकारात्मक दृष्टिकोणले अधुरा कामहरू पूरा गर्न सहयोग पुर्याउनेछ।  

image

शारीरिक तथा मानसिक रूपमा स्फूर्ति कायम रहनेछ। पारिवारिक भेटघाट र रमाइलो वातावरणले मन प्रसन्न रहनेछ।

~ज्यो.कलानिधी WhatsApp 9803032959