NIMB Long Banner Ad

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो भइसकेको छ, जाने मिति तय भएको छैन : परराष्ट्रमन्त्री

546
shares

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय नभएको बताउनुभएको छ।

उहाँले उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि यसअघि नै निमन्त्रणा प्राप्त भइसकेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले भ्रमणका विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भइरहेको बताउनुभयो।

खनालले महासभा नेपालको हित प्रवद्र्धनका लागि फलदायी भएको बताउँदै नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको जानकारी दिनुभयो।