NIMB Long Banner Ad

स्थानीय निर्वाचन तयारीमा एमाले, ओलीले गरे भर्चुअल सम्बोधन

221
shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुन प्रदेश तथा जिल्ला तहका नेताहरूलाई आग्रह गरेका छन्।

बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले केन्द्रीय कमिटी बैठकका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

ओलीले पार्टी संगठनलाई सक्रिय बनाउँदै लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्न जोड दिएका छन्।