NIMB Long Banner Ad

उडिरहेको विमानमा दुई पाइलटबीच कुटाकुट, १८० यात्रु बोकेको जहाज आपत्कालीन अवतरण

1.12K
shares

काठमाडौँ । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएपछि जहाजलाई साउदी अरेबियामा आपत्कालीन अवतरण गराइएको छ।

झन्डै १८० इजरायली यात्रु सवार विमान ३४ हजार फिटको उचाइमा रहेका बेला पाइलटबीच हिंसात्मक झडप भएको र त्यसपछि विमान करिब दुई मिनेटमै १६ हजार ६०० फिटसम्म खसेको बीबीसी हिन्दीले जनाएको छ।

विमानबाट आपत्कालीन तथा हाइज्याकिङ संकेत पठाइएपछि मध्यपूर्वका सुरक्षा निकाय सतर्क भएका थिए। इजरायलले समेत आफ्नो वायुसेनाको सतर्कता बढाएको थियो।

साउदी अरबको आकाशमा दिशा परिवर्तन गरी करिब सात मिनेट आपत्कालीन संकेत जारी गरेपछि विमानलाई साउदीमै सुरक्षित अवतरण गराइएको थियो। घटनापछि दुवै पाइलट निलम्बनमा परेका छन् भने एयरलाइन्सले अनुसन्धान अघि बढाएको जनाएको छ।