NIMB Long Banner Ad

पूँजीबजार सुधारका लागि नयाँ विधेयक ल्याउन अर्थ समितिको निर्देशन

621
shares

काठमाडौँ । सङ्घीय संसद्को अर्थ समितिले नेपाली पूँजीबजारलाई पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउन धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्मा ल्याउन सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ।

पूँजीबजारका सरोकारवालासँगको छलफलपछि समितिले आईपीओ निष्कासनअघि कम्पनीको पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न तथा लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकता दिन निर्देशन दिएको हो।

समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना अघि बढाउन, अनलाइन ट्रेडिङमा देखिएका प्राविधिक समस्या समाधान गर्न र साइबर सुरक्षा बलियो बनाउनसमेत भनेको छ।

त्यस्तै दोस्रो बजारमा हुने ‘कर्नरिङ’, ‘सर्कुलर ट्रेडिङ’ र ‘पम्प एन्ड डम्प’ जस्ता गतिविधि नियन्त्रण गरी दोषीलाई कारबाही गर्न तथा नेप्से र सीडीएससीका रिक्त सीईओ पद तत्काल पूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ।