असोज १५ गते २०८३ तदनुसार सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज १५ बिहीवार ०६:३७
shares

वि.सं. २०८३ असोज १५ गते,बिहीबार (तदनुसार १ अक्टोबर सन् २०२६) आश्विन कृष्ण पक्ष (पितृ पक्ष ÷ सोह्र श्राद्ध)तिथिः पञ्चमी (दिउँसो १२ः५१ सम्म),तत्पश्चात् षष्ठी,नक्षत्रः रोहिणी तथा आज विश्व ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस।
अचानक काममा रुचि बढ्नेछ। रोकिएका अधुरा कामहरू सम्पादन हुनेछन्। व्यापार–व्यवसायमा मध्यम लाभ हुनेछ भने वैदेशिक क्षेत्रका काम बन्ने सम्भावना छ।
मनमा नयाँ विचार र उत्साह थपिनेछ। पारिवारिक सहयोग प्राप्त हुनाले कठिन कार्य पनि सहजै सम्पादन हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ।
अनावश्यक खर्च र दौडधुप बढ्न सक्छ। स्वास्थ्यमा सामान्य प्रतिकूलता देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। साथीभाइको सहयोगले काममा राहत मिल्नेछ।
आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। बौद्धिक तथा प्राज्ञिक कार्यमा सफलता मिल्नेछ। समाजमा मान–सम्मान बढ्ने र रोकिएको धन प्राप्त हुने योग छ।
कर्मक्षेत्रमा सफलता र पदोन्नतिको अवसर मिल्न सक्छ। नयाँ जिम्मेवारी सम्हाल्ने मौका आउनेछ। विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले भविष्यका लागि मार्गप्रशस्त गर्नेछ।
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि जाग्नेछ। दूरदराज वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा हुनेछ। आफन्तसँगको सम्बन्धमा मधुरता आउनेछ।
स्वास्थ्य र कार्यशैलीमा सतर्कता अपनाउनुहोला। सोचेको भन्दा ढिला काम बन्नेछ। सवारी साधन तथा यन्त्रको प्रयोग गर्दा विशेष ध्यान दिनु आवश्यक छ।
दाम्पत्य जीवनमा मधुरता छाउनेछ। व्यापार–व्यवसाय वा नयाँ साझेदारीका लागि समय अनुकूल छ। रमाइलो यात्राको योग र मनोरञ्जनात्मक वातावरण बन्नेछ।
प्रतिस्पर्धीहरू परास्त हुनेछन्। साहसी काम गरेर प्रशंसा बटुल्न सकिनेछ। पुराना ऋण वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने संकेत छ।
अध्ययन–अध्यापन र रचनात्मक काममा प्रगति हुनेछ। बौद्धिक छलफलमा आफ्नो वर्चस्व कायम रहनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ।
पारिवारिक विषयमा केही मतभेद वा चिन्ता हुन सक्छ। निर्णय लिँदा हतार नगर्नुहोला। अचल सम्पत्तिको किनबेच वा भूमि–भवनसम्बन्धी कार्यमा ध्यान दिनुहोला।
आँटेको काममा पराक्रम र हिम्मत बढ्नेछ। दाजुभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग मिल्नेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























