देउवाको अपिलः कांग्रेसको विवाद अन्त्य गर्दै निर्धारित महाधिवेशनको तयारीमा जुट्न आग्रह
वि.सं.२०८३ असोज १५ बिहीवार १०:३९
416
shares
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गरी एकता र सहमतिका साथ अघि बढ्न नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
देउवाले पार्टीको विधि र विधानअनुसार निर्धारित महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने आफ्नो उद्देश्य रहेको बताएका छन्। उनले विवादित विशेष महाधिवेशन प्रक्रियामा सहभागी नहुनसमेत आग्रह गरेका छन्।
साथै, आगामी महाधिवेशन सफल बनाउन सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई एकजुट भएर तयारीमा जुट्न उनले आह्वान गरेका छन्।

















